माघ ६ धादिङ ।

खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालको ११ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । ११ औं साधारणसभामा सस्थाले संचालन गरेका गतिविधि, खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन २०७५ मा समावेश भएका व्यवस्थाबारे प्रस्तुत गरेका थिए ।

फियान नेपालका अध्यक्ष अम्मर बहादुर येरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाा तथा सरोकारावालाहरुबिच खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन २०७५ माथि छलफल गरिएको थियो । गल्छी गाउपालिकाको बैरेनीमा भएको कार्यक्रममा संघीय संसद भुमि त्रिपाठी, देशभरका खाद्य अधिकारकर्मी, गाउपालिकाका प्रतिनिधि, समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमकैबिच फियानका ३ जना खाद्य अधिकारकर्मी चम्पासिंङ भण्डारी, राजेन्द्र कुमार बस्नेत, र सुमन पियालाई सम्मान गरिएको छ ।

 

Facebook Comments