
माघ १० ।
सरकारले भाषा आयोगको अध्यक्षमा उषा हमाललाई नियुक्त गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले हमाललाई नियुक्त गरेको हो ।
सरकारले विशेष राहदानी बहाकलाई एकअर्को मुलुकको भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको हो । रक्सौल–अमलेखगञ्ज पाइपलाईन विछ्याउन केही रुख काट्नुपर्ने भएकाले ती रुख हटाउन सरकारले अनुमति पनि दिएको छ । मन्त्रिपरिषद्ले राजपत्रांकित वा सो सरहका कर्मचारी समायोजन नेपाल सरकारले गर्ने निर्णय पनि गरेको छ ।
विदेशी कुटनीतिक नियोगलाई जग्गा उपलब्ध गराउँदा सरकारले त्यो जग्गाको हदबन्दी लगाएको छ । जसमा राजदूतावासका लागि बढीमा ४ रोपनी, बाणिज्य दूतावासका लागि ८ र महावाणिज्य दूतावासका लागि ३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।