माघ १३ ।
केहीदिनदेखि खराब रहेको मौसममा आजदेखि सुधार आउने भएको छ । पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका साथै पहाडी क्षेत्रमा भइरहेको हल्का वर्षामा आजबाट कमि आउने छ ।

मौसममा क्रमिक सुधार आउदै केहीदिनमा पुरै सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी उच्चचापीय प्रणालीको प्रभावले नेपालमा मौसम प्रभावित भइरहेका कारण पहाडी क्षेत्रमा आइतबार पनि मौसम बदली भइरहने छ । आज दिउँसो देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुनेछ ।

Facebook Comments