माघ १६ ।
आज माघ १६ अर्थात् शहीददिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देश र जनताको हित र अधिकारकालागिजीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने गरिन्छ ।

नेपालीजनतालाई सार्वभौमसत्तासम्पन्ननागरिक बनाउनजहानियाँ राणा शासन, निरंकुशपञ्चायतीव्यवस्थातथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्तिएवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा हरेक वर्ष यो दिवस मनाइदै आइएको छ ।

माघ १०देखि १६ गते सम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । नागरिक स्वतन्त्रताको मागगर्दा वि.सं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकु स्थित पचली, धर्मभक्त माथेमा लाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

प्रदेश नम्बर ३ मा सार्वजपनक बिदा

शहीद दिवसको सन्दर्भमा प्रदेश नम्बर ३ को सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले सार्वजानिक बिदा दिने निर्णय गरेपनि यो निर्णय केन्द्र सरकारलाई लागु नहुने गृह मन्त्रालयले जनाएको हो ।

उपत्यकाका ३ जिल्लामा बिदानहुने भएको हो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेशले दिएको बिदा केन्द्रमालागू नहुने बताउनुभएको हो । उहाँले अरू जिल्लामा बिदा भए पनिकाठमाडौं उपत्यकाका तीन जिल्लामा भने लागू नहुने बताउनुभयो ।

यता काठमाडौं महानगरपालिकाले भने आज महानगर अन्तरगत काकार्यालय र विद्यालय तथा क्याम्पसमा बिदा दिइएको जनाएको छ ।

Facebook Comments