
फागुन ११,धादिङ ।
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सिवाईसी अत्तरीयाले जितेको छ । महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरीयाले उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले १ सय २४ रनको विजयी लक्ष्य १ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको हो । पट्ठेलले सर्वाधिक ४७ रन बनाउँदै अविजित रह्यो । त्यसअघि टस जितेर पहिलो ब्याटिङ्ग गरेको महेन्द्रनगर युनाईटेडले १ सय २३ रनको स्कोर बनाएको थियो । महेन्द्रनगरका लागि दिलीप नाथले सर्वाधिक ४३ रनको योगदान गरे । जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता महेन्द्रनगरले १२ लाख रुपंँया प्राप्त गरेको छ ।