फागुन ३०,धादिङ ।
नेत्रविक्रम चन्द विप्पलप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ । बन्दका कारण आज धादिङको सदरमुकाम धादिङबेसिबाट छुट्ने काठमाडौं, पोखरा, नारायणघाट लगायत अन्य ग्रामिण क्षेत्रमा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनहरु केहि संख्यामा मात्र सञ्चालनमा आएको छ । यसका साथै सदरमुकाम क्षेत्र आसपासका निजि शैक्षिक संस्थाहरु वन्द भएको छ भने बजार आंशिक रुपमा खुलेको छ । सरकारी कार्यालय, बंैक तथा वित्तिय संघ–संस्थाहरुले भने आ–आफ्नो काम तथा सेवाहरु प्रवाह गरेका छन् । बन्दका कारण हुन सक्ने सम्भावित घटनाहरुलाइ ध्यान दिदै आवश्यक सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । साथै ढुक्क भएर सवारीका साधन सञ्चालन गर्न यातायात व्यावसयिहरुलाइ आग्रह गरेको छ । अहिले नेपाल प्रहरी र ससस्त्र प्रहरीद्धारा राजमार्ग क्षेत्रमा स्कटिङ गरि सवारीका साधनहरु सञ्चालन गरिएको छ । बन्दको अवज्ञा गरेको भन्दै विभिन्न जिल्लाहरुमा तोडफोड र आग्जनीका समाचारहरु पनि आइरहेको छ

आफ्ना कार्यकर्तामाथी भएको धरपकड र पक्राउ परेका नेता कार्यकर्ताहरुको निशर्त रिहाइको माग गर्दै आज नेपाल बन्दको आह्वान गरिएको नेत्रविक्रम चन्द विप्पलप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनाएको छ ।
