चैत्र १२, धादिङ ।
मंगलबार विहान पानी सँगै आएको हावा हुरीले धादिङको गल्छि गाउँपालिका वडा नम्बर.४ टुक्टिनमा काब्रोको रुख ढल्दा एक जना घाईते भएका छन् ।

राम बहादुर तामाङको टिनले बारेको घर माथि रहेको काब्रोको रुख ढलि घरलाई थिच्दा घरभित्र सुतेका ३ जना मध्ये रामबहादुरकी बुहारी बर्ष १८ कि रेनुका तामाङलाई रुखको हाँगाले कम्मरमा लागी घाईते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । घाईते तामाङलाई उपचारको लागि काठमाण्डौ ट्रमा सेन्टर पठाईएको छ ।

यस्तै मंगलबारकै हावा हुरीको कारण धादिङको बेनिघाट रोराङ गा.पा ३ रातोमाटे बल्क र ईट्टाले बनेको घरको पर्खाल भत्किदा एक जना घाईते भएका छन् । लोकराज त्रिपाठीको टिनको छानो भएको घरमा भाडामा बस्ने भारत बिहार घर भएको बर्ष ४० को सोहारा सहनी र ३७ वर्षिया दसाई सहनी घाईते भएको प्रहरीले जनाएको छ । दुबै घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।

Facebook Comments