चैत्र १६ ।

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्र्तगत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

आर अश्विनको कप्तानीमा रहेको पञ्जाव र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीचको खेल चन्डिगढमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकोत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ । श्रेयस सन्तोष अइरको कप्तानीमा रहेको दिल्ली र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकोत्ताबीचको खेल दिल्लीमा राति ८ बजेबाट सुरु हुनेछ ।

यसअघि गएराति भएको खेलमा सनराईजर्स हैदरवादले पहिलो जित हात पारेको छ । राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित हात पारेको हो । हैदरवादस्थित राजिव गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । जितसँगै हैदरवादले २ खेलबाट २ अङ्क जोडेको छ ।

Facebook Comments