चैत्र २०, धादिङ ।
अबैध हातहतियार नराख्न र कसैसंग भए तुरुन्त स्थानीय प्रशासनलाई बुझाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । नेपाल सरकारले सुरक्षा निकाय र अनुमति लिएका हातहतियार बाहेक सबै हातहतियार अबैध भएकोले तत्काल बुझाउन आव्हान गरेको भन्दै स्थानीय प्रशासनले समयमै हतियार बुझाउन आग्रह गरेको हो ।
लागू औषध, दुरव्यसन र महिला हिंसा विरुद्धमा युवा अभियान तथा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज खनियाबास गाउँपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले अबैध हतियारभए तत्काल बुझाउन स्थनीयबासीसंग आग्रह गर्नुभयो । युवाहर राष्ट्र निर्माणका महत्वपूर्ण हिस्सा भएकाले सिर्जनशिल काममा लाग्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले युवाहरुसंग अनुरोध गर्नुभएको छ ।
पछिल्लो समय युवाहरु लागू औषध प्रयोग र हिंसात्मक कार्यमा लागेकोले समाजमा शान्ति सुरक्षा विग्रन सक्नेभन्दै प्रजिअ पाण्डेयले यस्ता कार्यमा नलाग्न अनुरोध पिन गर्नुभयो । त्यसैगरि कार्यक्रममा धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले कुनै पनि वहानामा समाजमा शान्ति सुरक्षा खलल हुन नदिने बताउनुभयो । अबैध हतियार, लागू औषध र गुण्डागर्दि विकास र सम्वृद्धिको बाधक रहेको भन्दै बैदवारले गलत कार्यमा लाग्ने कसैलाई पनि प्रहरीले नछाड्ने र उसलाई कानून बमाृजिम कारवाही गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा ससस्त्र प्रहरी बल धादिङ गुल्मका प्रमुख प्रहरी नायव उपरिक्षक दर्शन गिरिले समाजमा शान्तिसुरक्षा स्थापित गर्न सुरक्षा निकाय सदैव जनताको साथमा रहेको बताउनु भयो । धादिङ जिल्लाको उत्तरी क्षेत्रको शान्तिसुरक्षाका लाग ससस्त्र प्रहरी बलको सुरक्षा क्याम्प राख्ने तयारी भएको पनि जानकारी दिनसभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धालिङका अधिकृत विनाृद अर्याल, खनियाबास गाउँ पालिकाका उपाध्यक्ष योमाया तामाङ लगायतले ग्रामीण क्षेत्रमा हुने महिला हिंसा र शान्तसुरक्षाको अवस्थाका बारेमा आआफ्ना धारणा राख्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय प्रशासनसंग केहि जिज्ञासा पनि राखेका थिए । सहभागिहरुको जिज्ञासालाई प्रजिअ पाण्डेयले सम्बोधन गर्नु भएको थियो ।