तस्विर: एसबी घले

वैशाख ५, धादिङ ।
धादिङको गंगाजमुना गाउपालिको वडा नम्वर ४ स्थित तामाङ खर्क माध्यामिक विद्यालयमा संचालित शैक्षिक तथा धार्मिक महोत्सव आज पनि जारी रह्यो ।

विद्यालयको भौतिक शैक्षिक अवस्था सुधार गर्न, विद्यालयमा प्राविधिक शिक्षा संचालन, अभिभावकविहिन बालबालिकाहरुको लागि छात्रावास निर्माण तथा क्याम्पस संचालनमा सहयोग गर्ने उद्देश्यले विद्यालयले नै धार्मिक महोत्सव श्रीमत् भागवत ज्ञान सप्ताह आयोजना गरिएको स्थानीय एसबी घलेले जानकारी दिनुभयो ।

महायज्ञको आज पाँचौ दिन रमन श्रेष्ठबाट ५५ हजार ५ सय ५५, बासु घलेबाट, ५१ हजार १ सय ११, रोमन घलेबाट ११ हजार १ सय ११, लालमान बज्रचार्यबाट ११ हजार १ सय ११, ठाकुर सिंखडाबाट १५ हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तैगरि अमेरीकामा रहनुभएका नेपालीहरुले १ लाख ४३ हजार ८ सय ८८ रुपैयाँ सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको एसबी घलेले बताउनुभयो । महायज्ञबाट अहिले सम्म १५ लाख ५१ हजार ६ सय ७५ रुपैयाँ संङ्कलन भएको छ ।

Facebook Comments