वैशाख १७ ।
भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको काम एक महिनामा सकिने भएको छ । नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब चार किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाले जनाएको छ । पथलैयादेखि अमलेखगञ्ज खण्डमा छ हजार नौ सय ५३ रूख काटीसकिएका छन् । रूख पन्छाएर पाइप विच्छ्याउन मात्रै बाँकी छ । असारबाट पाइप लाइन सञ्चालनमा आउने परियोजना प्रमुख प्रदीप कुमार यादवले सीआइएनलाई जानकारी दिनुभयो । मोतिहारी–रक्सौल खण्डमा भने पाईपलाइन पूरा भई परीक्षणसमेत भइसकेको छ ।

Facebook Comments