वैशाख १७, धादिङ ।
विगत २ महिनादेखी आन्दोलनरत पुननिर्माणमा खटिएका प्राविधिकहरु आजबाट काममा फर्कने भएको छ । सेवा सुविधाको माग राखी सरकारलाई सामुहिक राजिनामाको घोषणा गरेका ३२ जिल्लाकै प्राविधिकहरुले काममा फर्कने निर्णय गरेको हो ।
यहि वैशाख १२ गते नेपाल ईन्जिनियर्स एसोसिएसन, राष्ट्रिय पुननिर्माण प्राधिकरण र राष्ट्रिय पुननिर्माण प्राधिकरण ः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति विच ३ बुँदे सहमती पछि मा फर्कने निर्णय भएको वेनिघाट रोराङ गाउँपालिकाका प्राविधिक भद्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
आफूहरुले खाइपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न ५ बुँदे माग राख्दै देशभरका प्राविधिकहरुले आन्दोलन गर्दै आएका थिए ।
सहमती र निर्णयमा भएको हस्ताक्षरित पत्र हेर्नुहोस् :-

