वैशाख २३, धादिङ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ बर्धनमा आगलागी हुँदा २३ लाख बराबरको क्षेती भएको छ ।

स्थानिय गणेश गुरुङको ढुङ्गा,माटोको गाह्रो र जस्ताको छानो भएको २ तल्ले कच्ची घरमा सोलारको करेन्ट सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो । आगलागीबाट घर, धन्सार र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानियबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

गुरुङको नगद ४ लाख, २ लाख ८४ हजार बराबरको सुन, लत्ताकपडा अन्नपात जलेर नष्ट हुँदा २२ लाख ७८ हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

Facebook Comments