
जेठ ६, धादिङ ।
नेत्र विक्रम चन्द विप्लव समहुले आह्वान गरेको बन्दका कारण धादिङवेशींबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु फ्याट्ट फुट्ट मात्र संञ्चालनमा आएको छ । प्रधानमन्त्री केपि शर्मा ओलि आज धादिङ गल्छि मासटारमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रमको उद्घाटनमा आउने भएपछी बिप्लब समुहले धादिङ बन्दको आह्वान गरेको हो।
बिहानै देखि प्रधानमन्त्री उपस्थित हुने उक्त कार्यक्रममा जाने रिजर्भ बस बाहेक अन्य सवारीसाधानहरु न्यून मात्रामा चलेका छन ।
अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै
सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ आजबाट अप्टिकल फाइबर बिछ्याउने भएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम सुरु गर्दैछ ।
सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न महत्वपूर्ण मानिएको यो योजनाको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक कार्यक्रमकाबीच गर्नुहुनेछ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आजै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ ।
टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३ सय ७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउने योजनाका साथ कार्यक्रम ल्याइएको टेलिकमले जनाएको छ । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ ।