
जेठ ११ ।
तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आज प्रदेश तीन र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ । २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
जितसँगै समूह ‘बी’ को आर्मीले ३ अङ्क जोडेको छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ ।