मंसिर २, धादिङ ।
धादिङकी सानी नानीले नृत्य गरेकी भाईरल भईदियो भन्ने बोलको गीत अहिले युट्यूबमा भाईरल भएको छ । स्टेप अप डान्स एकेडेमीमा डान्स सिक्दै आएकी ८ वर्षिय दिक्षा ठकुरी लगायतका समुहले नृत्य गरेको भाईरल भईदियो बोलको गीत यूटुबमा सबै भन्दा धेरै पटक हेरिएको छ । धादिङवेशीं स्थित विचबजारमा बस्दै आउनुभएकी दिक्षा ४ वषिदेखि नै नृत्य गर्दै आउनुभएको छ ।

पढाईमा पनि अब्बल दिक्षाले विभिन्न कभर गितहरुमा नृत्य गर्दै आउनुभएको छ । यो समाचार तयार पार्दा सम्म १६ लाख ७० हजार ६ सय ६८ जनाले हेरिसकेका छन् । यूटुबमा विगत एकहप्तादेखि यो गित भाईरल बनिरहेको छ । गीतमा आठ बर्षिया दीक्षा ठकुरी लगायत, सबिन कार्की, मेरी खत्री, सब्रिना गुरुङ, सुभम भुजेल, संकर ढुंगाना र छिरिंग थिङ्गको नृत्य रहेको छ ।

मानस राईको शब्द संगीत तथा स्वर रहेको यस गीतलाई कोरियोग्राफ सविन कार्की बिस्टले गर्नुभएको हो । यस भन्दा अघि कार्टुन क्रुलाई नेतृत्व गर्दै आउनुभएका बिस्ट अहिले आफ्नै होम प्रोडक्सनबाट गीतहरुमा कोरियोग्राफी गर्दै आउनुभएको छ ।

भाईरल भईदियो (भिडियो)

Facebook Comments