मंसिर ६, काठमाण्डौं ।
स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीलाई अभिमुखिकरण गर्ने कार्यक्रम प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मात्रै सुरु हुने भएको छ ।

कार्तिक महिनाभित्रमा अभिमुखिकरण सुरु गर्ने तयारी भएपनि चुनावका कारण ढिला हुने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । केही जिल्लामा पहिलो चरणको चुनावपछि कार्यक्रम सुरु गरिने भएपनि अधिकांश जिल्लामा चुनाव सकिएपछि मात्रै सुरु गरिने विभागले जनाएको छ ।

स्थानीय तहमा गएका कार्यक्रम तथा बजेको कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले अभिमुखिकरण गर्न लागेको विभागका उपमहानिर्देशक डा। चुडामणी भण्डारीले बताउनुभयो । गाउँपालिका स्तरीय स्वास्थ्यका कार्यक्रम सञ्चालनका लागि सरकारले १५ अर्ब बजेट निकासा गरेको छ ।

Facebook Comments