
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण गर्दै उपाध्यक्ष विश्वनाथ पौडेलले कोरोना र बाढीपहिरोको प्रभावलाई विषेश ध्यानमा राखेर योजना निमार्ण गर्ने बताउनुभयो । विहिबार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य आफ्नो रहने बताउनुभयो ।
उहाँले नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले पौडेललाई सपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गरानु भएको थियो ।