
पुस २३, काठमाण्डौं ।
न्यूनतम तापक्रम घटेका कारण काठमाडौं सहित देशभर चिसो बढेको छ । अझै चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद वरुण पौडेलले केहीदिनमा काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीमा झर्न सक्ने जानकारी दिनुभयो । शीतलहर र चिसो हावाले मध्यतराईका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । केहीदिन देखि घाम नलागेर निरन्तर रुपमाचिसो स्याँठ र शीतलहर चलिरहँदा जनजिवन कष्टकर बनेको हो । न्यानो कपडा र ओढ्ने ओछ्याउने नभएका तराईकाविपन्न, दलित, मुसहर, सुकुम्वासी र मजदुर परिवारको दैनिकी थप कष्टकर बनेको छ ।
उनीहरु जाडो छल्न रातदिनआगो तापेर बस्ने गरेका छन् । स्थानीय प्रशासन र गाउँपालिका तथा नगरपालिकाले मूख्यबजार क्षेत्रमा आगो ताप्नका लागि दाउरा वितरण गरेपनि, सबै ठाउँमा पु¥याउन सकेको छैन । दाउरा समेत नपाइने ग्रामीण भेगका स्थानीयवासिन्दा परालको घुर तापेर बसिरहेका छन् । चिसोबढेपछि बजारमामानिसको चहलपहल घटेको छ भने चिसो स्याँठ र शीतलहरका कारण काम विशेषले घर बाहिर निस्कनु पर्नेहरुलाई थप समस्याभएको छ ।
चिसामो अति आवश्यक काम बाहेक अन्य समय बाहिर नसिक्ने चिकित्सकहरुले सुझावदिएका छन् । चिकित्ककाअनुसार नियमित रुपमा विहान गरिने प्रभात यात्रा पनि अहिले स्वास्थ्यका लागि हानिकारक छ । सकेसम्म घरभित्रै बसेर सारिरिक कसरत गर्न उनिहरुको सुझाव छ । अत्याधिक चिसो बढेपछि बारा र पर्साका विद्यालयहरु थप चार दिन बन्द हुने भएका छन् ।