पुस २६ ।
सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज देखि क्वार्टर फाइनलका खेलहरु शुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनमा आज संकटा र विभागिय टोली एपिएफ बीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको खेलमा रुपन्देही–११ ले डुक स्टार भुटानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । रुपन्देहीको जितमा अमर डङ्गोलले २२ र ३८ औं मिनेटमा गोल गर्नुभयो ।

डुक स्टारका लागि ५८ मिनेटमा किङ्गा रग्वे गोल गर्नुभयो । तर खेलको ६९ औं मिनेटमा मनिष थापाले गोल थपेपछि खेल रुपन्देहीको पक्षमा पुगेको थियो । अतिरिक्त समयमा येशी दोर्जीले गोल गरेपनि हार डुकस्टारले हार टार्न सकेन ।

Facebook Comments