माघ १२, धादिङ ।
सदरमुकाम धादिङबेशीमा हिजोबाट सुरु भएको जिल्ला स्तरीय सामाजिक जवाफदेहिता सम्वन्धि तालिम आज सकिएको छ । सामाजिक जवाफदेहिताको बारेमा जानकारी गराई आफ्ना परियोजनाहरुमा सामाजिक जवाफदेहिताका औजारहरु प्रयोग गरि सुशासनलाई प्रवद्र्धन गर्ने उद्देश्यले युकेएड र आसमान नेपालको साझेदारीमा भिएसओ नेपालले तालिमको आयोजना गरेको हो ।

तालिममा सामाजिक जवाफदाहिता के हो ?, सामाजिक जवाफदाहिताको क्षेत्रमा नागरिक समाजको भुमिका, सामाजिक जवाफदाहिताको संयन्त्रहरु, सामाजिक जवाफदाहिताको कार्यका चरणहरुको बारेमा जानकारीर सार्वजनिक सुनुवाईको अभ्यास पनि गराइएको थियो ।

त्यसैगरी नागरिक वडापत्र र गुनासो व्यवस्थापन के हो ?, नागरिक वडापत्रमा समावेश हुने कुराहरुको बारेमा जानकारी, समुदायमा भएका समस्याहरुलाई समेटेर कसरी सामाजिक परिक्षण गर्ने भन्ने कुरा समेत जानकारी गराइएको थियो । सहजकर्ता अशोक कुमार भुजेलले विषयबस्तु माथि प्रष्ट पार्नु भएको थियो ।

तालिममा सिकेका जतिपनि कुराहरुलाई व्यवहारमा लागु गरि समुदायमा पार्दशिक कार्य गर्न सवै सहभागिहरुलाई भिएसओ नेपालका मोहनराज निरौलाले आग्रह गर्नु भयो ।  आसमान नेपाल र भिएसओ नेपाल जिल्लाको १३ वटा विद्यालयमा संचालन गर्दै आइएको बहिनी शिक्षाका लागि दिदि कार्यक्रममा पनि जवाफदेहिता खोज्न सकिने बताउदै उहाँले हरेक क्रियाकलापलाई संस्थागत गर्नुपर्ने बताउनु भयो ।

तालिममा नगरपालिका, जिल्ला समन्वय समितीका प्रतिनिधी, विद्यालय व्यवस्थापन समितीका प्रतिनिधी, वडा अध्यक्ष, आसमान नेपालका कार्मचारी र बहिनी शिक्षाका लाई दिदि कार्यक्रममा प्रतिनीधीहरु गरी २६ जनाको सहभागिता रहेको थियो ।

Facebook Comments