
फागुन ६, काठमाण्डौं ।
प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ ।
ओली अपराह्न ४ बजे निजी निवास बालकोटबाट प्रधानमन्त्री निवासमा सर्ने जानकारी उहाँको सचिवालयले दिएको छ ।
प्रधानमन्त्री भएको तीनदिनपछि उहाँ बालुवाटार सर्न लाग्नु भएको हो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरिसक्नु भएको छ ।