
फागुन १४, काठमाण्डौं ।
प्रधानमन्त्री केपी ओलीले आज मन्त्रि परिषद् विस्तार गरी पूर्णतादिने तयारी गर्नु भएको छ ।
एमाले र माओवादी केन्द्र दुवै दलका तर्फबाट मन्त्री हुनेको टुंगो आज १२ बजे सम्म लगाउने र दिउँसो शपथ गराउने योजना छ । माओवादी केन्द्रले दिउँसो सम्ममा आफ्नो पार्टीको तर्फबाट सरकारमाप्रतिनिधित्वगर्ने नेताहरुको नामसिफरिस गरिसक्ने भएकाले प्रधान मन्त्री ओली मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा जुट्नु भएको प्रधानमन्त्र ीओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रीकाआकांक्षी धेरै भएपछि दुवै दलका अध्यक्षलाई नाम छनोट गर्न समस्या परेको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीओली र माओवादी केन्द्रका अध्यक्षपुष्पकमलदाहालबीचहिजोपनिमन्त्री छनोट र मन्त्रालयबारे छलफल भएको थियो । सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेको छ ।
भागबन्डाअनुसार एमालेले प्रधानमन्त्रीबाहेक १० र माओवादीले ७ मन्त्रालय लिने तयारी छ । संघीय समाजवादीफोरमलाई पनि सरकारमा सामेल गराउने प्रयास जारी छ ।