असोज १८
नौविसे नागढुङ्गा सडक खण्डको सवारी जामका कारण उपचारको लागि काठमाण्डौं लैजादै गरेको बिरामीको बिच बाटोमै मृत्यु भएको छ । नौविसे नागढुङ्गा खण्ड पार गर्न घण्टौ लागेपछी चितवनको सौराहा नीवासी अन्दाजी ५५ वर्षिय रजनी चौधरीको टायल घर भन्ने ठाँउमा मृत्यु भएको हो ।

चौधरीलाई भरतपुर स्थित एक निजी अस्पतालले उपचार गर्न नसक्ने भए पछी थप उपचारका लागी काठमाण्डौ रिफर गरिएको  थियो तर लामो जामका कारण समयमा नै अस्पताल पु¥याउन नसक्दा विरामीलाई थप समस्या भई बाटोमै मृत्यु भएको हो । हिजोआज रातको समयमा सडक मर्मत गर्दाको सवारी जामको असर दिनभरी पर्ने  गरेको  छ । दुबैतर्फ सवारी आवगमन ठप्प हुदा नागढुङ्गादेखीको सवारी जाम आज पनि पृथ्वी राजमार्गको थाक्रे गाउँपालीका सम्म आइपुगेको छ ।

ठाउँ ठाउँमा भत्कीएको त्रिुभवन राजपथ रातको समयमा मर्मत सम्भार गर्नका लागी सवारी बन्दनै गरेपछि विहान पख सवारी चापका कारण हरेक दिन जाम लाग्ने गरेको प्रहरीको भनाई छ । आजकाल नौ किलो मिटर दुरीको नौबिस नागढुङ्गाको उकालो पार गर्नका लागी कम्तीमा नौ दश घण्टा लाग्ने गरेको छ । पर्व नजीकिदै आएका कारण राजधानी भित्रने र राजधानीबाट बाहिरिने सवारीका चाप बढेको बताउदै अझै कति दिन नौविसे नागढुङ्गाको उकालो अवस्था यस्तै हुने हो भन्ने विषयमा प्रहरी नै अन्यौलमा रहेका छन् ।

 

Facebook Comments