मध्यपूर्वमा हवाई क्षेत्र बन्द हुँदा आईसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएका वेस्ट इन्डिज र जिम्बावेको टोली भारतबाट फर्कन ढिलाइ भएको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वमा हवाई क्षेत्र बन्द हुँदा वेस्ट इन्डिज र जिम्बावेको टोलीले भारतबाट फर्कन ढिलाइ भएको बताएका छन् ।

अस्ति आइतवार आयोजक भारतसँग ५ विकेटले हारेपछि वेस्ट इन्डिज सेमिफाइनलमा पुग्न असफल भएको थियो भने जिम्बावे ‘सुपर–एट’ का तीनवटै खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

आफ्नो टोली भारतमा सुरक्षित र राम्रो अवस्थामा रहेको जिम्बावे क्रिकेटले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । क्रिकेट वेस्ट इन्डिजले खेलाडी र कर्मचारीहरूका लागि सुरक्षित यात्रा व्यवस्था गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग काम गरिरहेको बताएको छ ।

Facebook Comments