कात्तिक ४ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको तल्लो तहको एकीकरणका विषयमा आईतबार छलफल गर्दैछ । आईतबार नेकपाको सचिवालयको बैठक बोलाइएको छ ।

यसअघि दुईपटक सरेको बैठक आईतबारका लागि बोलाइएको छ । असोज २७ गते बस्ने भनिएको नेकपा सचिवालयको बैठक दशैं अगाडि बस्न सकेन । आईतबार बस्ने भनिएपनि समय भने तय गरिएको छैन । आईतबार बैठक बसेमा पार्टीभित्रको विवाददेखि मन्त्री हेरफेर सम्बन्धी एजेण्डाले प्रवेश पाउने छ ।

नेकपाभित्रप्रदेश अन्र्तगतको जिम्मेवारी विभाजन, तल्लो तहको एकीकरणका विषयमाविवाद छ । आईतबार बरिष्ठ नेता माधव कुमार नेपालले राखेको लिखित असन्तुष्टि, सरकारको कामकारवाही, मन्त्रीहरु फेर्ने विषयमा समेत छलफल हुनेछ । नेकपाका नेता सुवास चन्द्र नेम्वाङले केही दिन भित्र विवाद अन्त्ये गर्ने गरि छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्रीको कार्य योजना र कामका आधारमा केही मन्त्री फेरबदलगर्ने इच्छा व्यक्त गरेकाले त्यसमा पनि बैठकमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले ६ महिने कार्य योजना मन्त्रीहरुलाई यसअघि नै माग्नु भएको थियो ।

Facebook Comments