कात्तिक ७ ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठक बुधबार पनि बस्दैछ । बुधबारको बैठकमा तल्ला कमिटीहरुको एकता टुङ्गो लगाउने प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

माथिल्लो तहमा पार्टी एकता भएको ५ महिना बितिसक्दा समेत नेकपाका तल्ला समिति र जनसंगठन बेग्लाबेग्लै छन् । तिहारभित्रै एकता टुङगो लगाउने गरि छलफल भइरहेको नेकपाका नेता झलनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार एकता सकेर नेकपाले नयाँ अभियान चलाउने तयारी पनि गरेको छ ।

बुधबारको बैठकले कात्तिक १२ र १३ गते बोलाइएको स्थायी समिति बैठकको एजेण्डा पनि तय गर्नेछ । यसअघि दुई दिनसम्म बसेको सचिवालय बैठकले मंगलबारका निर्णय सदरगर्दै बाँकी निणर्य सामुहिकतामा जाने निष्कर्ष निकालेको थियो । दुई अध्यक्षको निर्णयमा नेता माधवकुमार नेपाल भने अझै असन्तुष्ट नै हुनुहुन्छ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो बस्नेछ ।

Facebook Comments