कात्तिक ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीले राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । राष्ट्रपति भवनमा विहिबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि तान्जानियाका राजदूत बाराका हारन लुभान्दा,माल्टाका राजदूत स्टेफेन बोर्ग र क्रोएशियाका राजदूतपेटर जुबिसिकले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायत नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

Facebook Comments