
कात्तिक ८ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गर्ने विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले विहिबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झदै १ सय ६१ औ स्थानमा पुगेको हो । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहेको छ भने ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्याण्ड पाँचौ स्थानमा छ ।
दक्षिण एसियाली देशहरुमा नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ५१ र भारत ९७ औं स्थानमा छ । नेपाल भन्दा तल रहेको भुटान १ सय ८८ आंै स्थानमा रहेको छ भने बंगलादेश एक स्थान तल झर्दै १ सय ९४ औं स्थानमा पुगेको छ भने पाकिस्तान १ सय ९९ औं स्थानमा छ । वरियतामा श्रीलंका दुई स्थान तल झर्दै २ सय १ औं स्थानमा छ ।