कात्तिक १० ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्नहरुलाई राज्यले नै संरक्षण दिएको आरोप लगाउनु भएको छ ।

घट्नामा संलग्नहरु मथि कारबाही नगरी राज्यले संरक्षण दिएको उहाँले आरोप लगाउनुभएको हो ।
नेपाल तरुण दलको ६५ औँ स्थापना दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै देउवाले घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

पन्तको हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन नसक्नुले शान्ति सुव्यवस्था कायम गर्ने विषयमा सरकार असफल भएको उहाँको भनाइ छ । कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारका गलत काम कारबाहीका विरुद्ध सशक्त आवाज उठाउने बताउनुभयो । स्थापना दिवसका अवसरमा दलले पार्टी केन्द्रीय कार्यालयमै चियापान गरेको थियो ।

Facebook Comments