मंसिर ३ ।
यमनको हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ ।

यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि जारी संघर्ष अन्त्यका लागि संयुक्त राष्ट्रसंघले बिद्रोहीलाई वार्तामा बोलाई बारम्बार युद्धबिरामको लागि पहल जारी नै राखेको छ । संयुक्त राष्ट्रसंघको यही अनुरोधकै कारण हुथी बिद्रोहीका प्रमुख मोहमद अली अलले ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गर्नुभएको हो । -एजेन्सी

Facebook Comments