
मंसिर १३ ।
नेपाली काँग्रेसको केन्द्रीय समितिबैठकमा प्रस्तावित विधान मस्यौदामाथि बिहिबारबाट छलफल सुरु भएको छ ।
विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । विधान मस्यौदा छलफलका लागि पार्टी कार्यालय सानेपामा बसेको बैठकमा विधान संशोधन मस्यौदामा केन्द्रित रहेर केन्द्रीय सदस्य डा.रामशरण महत, महेश आचार्य, दीलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
छलफलमा केन्द्रीय सदस्य पौडेल र जोशीले विधानमा देखिएको असहमतिका विषयबारे व्याख्या गरेका थिए । समितिको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।