मंसिर १८ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिइएको समर्थन फिर्ता लिने बताउनुभएको छ । मंगलबार काठमाण्डाँैमा आयोजित एउटा कार्यक्रममा नेता कर्णले अब सरकारलाई समर्थन गरिराख्नुको कुनै औचित्य नहरेको भन्दै अब बस्ने पार्टीको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने बताउनुभयो ।

नेता कर्णले आफूहरुले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको पनि स्पष्ट पार्नुभयो । संविधान संशोधन र आन्दोलनका बेला नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि सरकारलाई समर्थन दिएको भन्दै उहाँले दुई वटै विषयमा अहिलेसम्म सरकारले कुनै छलफल नै नगरेको गूनासो गर्नुभयो ।

वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि नेता कर्णको आरोप थियो । स्थानीय सरकारमा अहिले विकासको दुरुपयोग भएको र सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उहाँको आरोप थियो ।

Facebook Comments