मंसिर २५ ।
शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पृथु बास्कोटाको चितवन टाइगर्सलाई १२ रनले हराएर भैरहवाले लगातार दोस्रो जित निकालेको हो । चितवनले दिएको १ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १ सय ३१ रन बनाउन सक्यो ।

चितवनका लागि पाउल स्टर्लिङले ३८ रन जोड्दा जोन सिम्पसनले २६ रन जोड्नुभयोे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९ ओभर ३ बलमा अलआउट हुँदै १४३ रन जोडेको थियो । भैरहवाका लागि रायन टेन डेसकाटेले ३५ रन जोड्दा प्रदीप सिंह ऐरीले २६ रन जोड्नुभयो । चितवनविरुद्धको जितसंगै भैरहवाले २ खेलबाट ४ अंक जोडेको छ ।

साबिकको उपविजेता समेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवनको भने यो लगातार तेस्रो हार हो । यो हारसंगै चितवनको दोस्रो चरणको यात्रा कठिन बनेको छ । चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौंसंग पराजित भएको थियो ।

Facebook Comments