मंसिर २६ ।
गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।

चालु आर्थिक वर्षको बजेट मार्फत अतरिक्त भत्ता कटौती गरिएपछि उनीहरुले भत्ता पाउनुपर्ने माग गर्दै पुस १ देखि असहयोग आन्दोलन गर्ने बताएका हुन् । पुस १ देखि कार्यालय समयबाहेक अन्य समयमा काम नगर्ने संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले जानकारी दिनुभयो ।

गत वर्षसम्म संसद कर्मचारीले तलब र अतिरिक्त भत्ता पाउदै आएका थिए ।
चालु आर्थिक वर्षमा कटौती भएपछि उनीहरु असन्तुष्ट भएका हुन् । संसद र संसदीय समितिको बैठक विहान र बेलुका अबेसम्म पनि बस्ने हुनाले उक्त समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनुपर्ने कर्मचारीको भनाइ छ ।

Facebook Comments