फागुन १८ ।

दार्चुला–तिङ्कर सडक अन्तर्गत दुहुगाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाप्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक जना बालिका रहेका छन् । मृतकको सनाखत भने हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिला तर्फ जाँदै गरेको म १ ज २ सय ८० नम्बरको जीप महाकाली नदीमा शुक्रबाबर राति करिब ८ बजेतिर खस्दा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो । जीप झण्डै ५ सय मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।

Facebook Comments