कात्तिक १२ ।
साफ १५ वर्ष मुनिको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै बंगलादेश समुह विजेता बनेको छ ।

समुह ‘ए’ को शीर्ष टोली बंगलादेशले ६ अंक जोड्यो भने नेपालले ३ अंक जोड्दै समुह उपविजेता बनेको छ । नेपाल र बंगलादेश दुवै प्रतियोगिताको सेमिफाईलन प्रवेश गरिसकेका छन् । नेपालले अब सेमिफाईनलमा पाकिस्तानसंग खेल्नेछ ।

Facebook Comments