फागुन ९

इजरायल – गैर आवासीय नेपाली संघ इजरायलको आर्थिक सहयोग र सुदुरपश्चिमेली समाज इजरायलको समन्वयमा गोदावरी नगरपालिका – २ कैलाली स्थित श्री समता विद्यालयका लागि २ लाख रुपैंया नगद सहयोग प्रदान गरेको छ । विद्यालयको स्तरोन्नति र गुणस्तरीय शिक्षा प्रदान गर्न सकोस भन्ने उद्देश्यले यो आर्थिक सहयोग गरिएको एनआरएनए एनसीसी इजरायलका महासचिव चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । साथै “नेपालका लागि नेपाली ” भन्ने कुरालाइ मनन गरि हाम्रो सानो सहयोगको शुरुवातले गुणस्तरीय शिक्षाको अभियानमा प्रेरणा मिलोस” भन्ने ध्येयका साथ पनि यो सहयोग गरिएको महासचिव कार्कीले बताउनुभयो ।

नर्सरीदेखि सात कक्षासम्म अध्यायन हुने समता विद्यालयमा अहिले पनि करिब ३ सय जना बालबालिकाहरुले अध्यायन गरिरहेका छन् । विशेष गरि गरिब, असहाय, अनाथ विद्यार्थीहरुको उज्वल शैक्षिक भविष्यको लागि सहयोग पुग्ने उदेश्यका साथ आर्थिक सहयोग गरिएको हो ।

यस पुण्य कार्यमा हाल इजरायलमा रहनुभएका कादम्बरी दाना श्रेष्ठ, नेहा मन्जु गुरुङ, खुस्बु नेपालले पनि व्यक्तिगत रुपमा १० ÷१० हजार रुपैंया आर्थिक सहयोग गरेका छन् । साथै यस अभियानमा हातेमालो गर्न इच्छुक संघ – संस्था र व्यक्तिहरुलाइ गैर आवासीय नेपाली संघ इजरायलले हार्दिक अपिल र आह्वान गरेको छ ।

हाल विद्यालयमा अध्ययनरत बालबालिकाको चौतर्फी उन्नति प्रगतिको हार्दिक शुभकामना सहित तेलअभिवमा एक कार्यक्रमको बीच १९ फेबु्रअरी, २०२६ बिहिबारका साँझ उक्त सहयोग रकम प्रदान गरेको थियो ।

गैह्र आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समितिका सदस्य अलि मियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, गैह्र आवासीय नेपाली संघ इजरायलका संरक्षक एवं निवर्तमान अध्यक्ष श्रीकृष्ण भण्डारी, अध्यक्ष गणेश गिरी र सुदुरपश्चिमेली समाज इजरायलका अध्यक्ष कृष्ण चौधरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Facebook Comments