शारिरिक अपांगता भएका व्यक्तीहरुका लागि सहयाक सामाग्री नापजाँच तथा फिजियोथेरापी सेवा शिविर संञ्चालन हुने बारेको सूचना ।

राष्ट्रिय अपांग कोषले ह्याण्डीक्याफ ईन्टरनेश्नलको प्रविधिक सहयोगमा धादिङ जिल्लाका विविध कारणले अपांगता भएका व्यक्तीहरुका लागि निम्न, मिति, र स्थानमा सहायका सामाग्री नापजाँच तथा फिजियिोथेरापी सेवा शिविर विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म संञ्चालन हुनेहुँदा उक्त शिविरमा आफुलाई उपयुक्त हुने स्थानमा उपस्थित भई लाभान्वित हुन सुचित गरिन्छ ।

शिविर संञ्चालन हुने मिति र स्थान :-
१. मिति २०७४ पौष ३ गते — खनियाबास गाउँपालिका — डुञ्डुरे बजार, धादिङ ।
२. मिति २०७४ पौष ५ गते — त्रिपुरासुन्दरी गाउँपालिका — खहरेबजार, स्वास्थ्यचौकी ।
३. मिति २०७४ पौष ६ गते — निलकण्ठ नगरपालिका धादिङवेशीं — श्री महिला तथा  वालवालिका कार्यालय, धादिङ ।
४. मिति २०७४ पौष ७ गते — गजुरी गाउँपालिका — गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरी

स्थानिय व्यवस्थापन संयोजन :-
श्री अपांग पूनस्थापना केन्द्र, खनियाबास, मोवाईल नं. ९७४१३३४५२५
श्री सल्यान्टार अपांग,संघ त्रिपुरा सुन्दरी, मोबाईल नं. ९८४०५२६३३१
श्री महिला तथा वालवालिकाको कार्यालय
नेपाल नेत्रहिन संघ, धादिङ, मोबाईल नं. ९८५११००७२५
अपांग कल्याण संघ, गजुरी, धादिङ, मोबाईल नं. ९८४३६१०६१३
दिनेश अधिकारी, मोबाईल नं. ९८६२६७४१७७

आयोजक :-
समाज कल्याण परिषद्
राष्ट्रिय अपांग कोष
भृकुटीमण्डप, काठमाण्डौं ।
फोन.०१४२३९५८६/४२२४९६८

Facebook Comments