मंसिर २०
इजरायल – गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) इजरायल र सुदुरपश्चिमेली समाज इजरायलको संयुक्त आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०२५ हुने भएको छ । २० डिसेम्बर, २०२५ शनिबारका दिन तेलअविभमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

“स्वास्थ्य,अनुशासन,भाइचारा तथा सामाजिक सहकार्य” भन्ने मूल नाराका साथ हुने भलिबल प्रतियोगिताका साथै म्युजिकल चियर, हाण्डी फोड, र रस्साकस्सि लगाएतका खेलहरु पनि हुनेछ । भलिबल प्रतियोगितामा सहभागी भइ विजेता हुने टिमलाइ ५ हजार सेक्केल र उप – विजेता हुने टिमलाइ २ हजार ५ सय सेक्केल ट्रफी, मेडल र प्रमाण – पत्र सहि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुनको लागि १ हजार सेक्केल टिम दर्ता शुल्क लाग्नेछ ।

यो समाचार तयार गर्दा सम्म यस भलिबल प्रतियोगितामा गैर आवासिय नेपाली संघ इजरायल भलिबल टिम, सुदुरपश्चिमेली भलिबल टिम, एग्रीकल्चर भलिबल टिम, लायन तेलअभिव भलिबल टिम र नेपाल आदिवासी जनजाति महासंघ भलिबल टिम गरि ५ वटा टिम भएको छ । साथै अन्य टिमहरु पनि प्रतियोगितामा सहभागी हुनेक्रममा रहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलकी उपाध्यक्ष एवं यस प्रतियोगिताका कार्यक्रम संयोजक मञ्जु भुजेलले जानकारी दिनुभयो ।

एनआरएनए इजरायल र सुदुरपश्चिमेली समाज इजरायलले समय – समयमा विभिन्न किसिमका सामाजिक, साँस्कृतिक र रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

Facebook Comments