२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इजरायलमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि लायोनले जित्यो

इजरायलमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि लायोनले जित्यो
सेयर गर्नुहोस्
०सेयर

पौष ६
इजरायल – गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) इजरायल र सुदुरपश्चिमेली समाज इजरायलको संयुक्त आयोजनामा शनिबार सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०२५ को उपाधि लायोन तेलअविभ भलिबल टिमले जितेको छ । साथै उप – विजेता भने एग्रिकल्चर भलिबल टिम बनेको छ । प्रतियोगितामा सहभागी भइ विजेता हुने लायोन तेलअविभ भलिबल टिमलाइ ५ हजार सेक्केल र उप – विजेता हुने एग्रिकल्चर भलिबल टिमलाइ २ हजार ५ सय सेक्केल सहित ट्रफी, मेडल र प्रमाण – पत्र सहित पुरस्कृत गरेको थियो । प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल खेल्ने खेलाडिहरुलाइ पनि सम्मान गरेको थियो ।

“स्वास्थ्य,अनुशासन,भाइचारा तथा सामाजिक सहकार्य” भन्ने मूल नाराका साथ सम्पन्न भलिबल प्रतियोगितामा गैर आवासिय नेपाली संघ इजरायलको २ वटा टिम, सुदुरपश्चिमेली समाज इजरायलको २ वटा टिम, एग्रीकल्चर भलिबल टिम, लायोन तेलअभिव भलिबल टिम गरि जम्मा ६ वटा टिमको सहभागिता रहेको थियो । साथै म्युजिकल चियर र रस्साकस्सि खेल पनि भएको थियो ।

प्रतियोगिताको समुद्घाटन एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरीले बल हानेर गर्नुभएको थियो । कार्यक्रमको पुरस्कार वितरण तथा समापन कार्यक्रममा भने नेपाली राजदुतावास इजरायलका नियोग उप–प्रमुख तथा प्रवक्ता कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । भने एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरी र सुदुरपश्चिमेली समाज इजरायलका अध्यक्ष कृष्ण चौधरीको उपस्थिती रहेको थियो ।

भलिबल प्रतियोगिता एनआरएनए इजरायलकी उपाध्यक्ष मञ्जु भुजेलको संयोजकत्वमा भएको थियो । एनआरएनए इजरायल र सुदुरपश्चिमेली समाज इजरायलले समय समयमा विभिन्न किसिमका सामाजिक, साँस्कृतिक र रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
दोलख गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।