
गायक अमृत सापकोटाले ‘पपुलर सिंगर अफ दी ईयरको अवार्ड’ जित्नुभएको छ । ‘धनगढिको बसमा’ बोलको गीतबाट दोश्रो क्वालीटी म्युजिक अवार्ड २०७९ मा ‘पपुलर सिंगर अफ दी ईयर’को अवार्ड पाउनु भएको हो ।
एक वर्ष अगाडी विशाल ईन्टरटेन्मेन्ट यूटुब च्यानलबाट बजारमा आएको धनगढीको बसमा बोलको गीतमा गायक अमृत सापकोटा, समिक्षा अधिकारी र कमला घिमिरेको आवाज रहेको छ । गोविन्द पंगेनीको संगीत रहेको गीतको शब्द नेत्र अर्यालको रहेको छ । सोमबार काठमाण्डौंमा भव्य समारोहका विच अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको हो ।
अमृत सापकोटाको धनगढीको बसमा, धनगढीको बसमा भाग २, चिया छानेको लगायतका गितहरु चर्चित छन् ।