२०६४ सालमा भएको सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार २०६४ साल साउन १४ गते बिहान करिब १ बजे पृथ्वी राजमार्ग अन्तर्गत साविक बेनीघाट गाविस–८ बिशालटार क्षेत्रमा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा १ झ ५२२५ नम्बरको ट्रक दुर्घटना हुँदा एक जना पुरुष गम्भीर घाइते भएका थिए। घाइतेको उपचारका क्रममा सोही दिन बिहान ६ बजे भरतपुर अस्पताल, चितवनमा मृत्यु भएको थियो ।
उक्त घटनापछि फरार रहेका ट्रक चालक नवलपरासी (गैँडाकोट नगरपालिका–९) का ४५ वर्षीय दुर्गा बहादुर हमाल ठकुरीलाई प्रहरीले मिति २०८२ चैत २६ गते पक्राउ गरेको हो । पक्राउ परेका हमाल ठकुरीलाई धादिङ जिल्ला अदालतबाट ९ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
Facebook Comments