
त्रिमुर्ती मोबाईल हाउसले प्रदान गर्दै आएको स्कुटर उपहार धादिङको नीकलण्ठ नगरपालिका– १४ धुवाकोट रातमाटेका विजन शाहले जित्नु भएको छ । नयाँ वर्षको अवसर पारेर मंगलबार एक कार्यक्रमको आयोजना गरि गरिएको लक्की ड्र मार्फत शाहले हिरोको जुम स्कुटर जित्नु भएको हो ।
२०८२ सालभर आफ्ना शाखाहरुबाट मोवाइल खरिद गरेका करिव पाँच हजार ग्राहकहरुमध्येबाट लक्की ड्र मार्फत उपहार प्रदान गरिएको हो । शाहले मोबाइल किनेकै भरमा स्कुटर जितेको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘पहिलेदेखि नै त्रिमूर्ति मोबाइल हाउसमा मोबाइल लगायत अन्य सामाग्रीहरु किन्दै आउनुभएका शाहले स्कुटर जितेपछि झनै विश्वास थपिएको भन्दै मोबाईल लगायत ईलेक्ट्रीक सामानहरु किन्न सबैलाई त्रिमूर्ति मोबाइल हाउसमै आउन अनुरोध गर्नुभयो ।
अघिल्लो वर्ष २० धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले स्कुटर जित्नु भएको थियो । त्यसैगरी, त्रिमूर्ति मोबाइल हाउसले हरेक महिना लक्की ड्र मार्फत ग्राहकहरूलाई सुनको औठी उपहार दिँदै आएको छ । चैत महिनाको सुनको औठी गङ्गाजमुना गाउँपालिका– २ की सिमा तामाङले जित्नु भएको छ ।
२०६९ सालबाट व्यवसाय शुभारम्भ गरेको त्रिमूर्ति मोबाइल हाउसले चारवटा शाखा सञ्चालन गर्दै आएको छ । ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि त्रिमुर्ती मोबाईल हाउसले धादिङमा तीनवटा र काठमाडौँको कलंकीमा समेत शाखा विस्तार गरेकोे त्रिमूर्ति मोबाइल हाउसका प्रोप्राइटर ईश्वर श्रेष्ठले बताउनुभयो ।