नेपाल सुनचाँदी कला व्यवसायि संघ जिल्ला शाखा धादिङले जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको छ ।

गर गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै प्रशासनमा विरोध प्रर्दशन तथा धर्ना गरेको नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रिय दितिय उपाध्यक्ष सानुबाबु बराईलीले बताउनुभयो । तत्काल मागको सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिनुभयो ।

संघले सरकारसँग सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न र सुनचाँदीको कारोबारलाई व्यवस्थित गर्न स्पष्ट निति तथा नियमावाली निर्माण गर्न माग गरेका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रिय दितिय उपाध्यक्ष सानुबाबु बराईली, जिल्ला शाखा धादिङका सचिव बाबुराम रसाईलीको नेतृत्वमा भएको विरोध प्रर्दशनमा व्यवसायिहरुले हाम्रो माग पुरा गर, हाम्रो धर्ना जारी छ, सुनमा बिलासीता कर हटाउ लगायतका प्लेकार्ड समेत बोकेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा धादिङका कोषाध्यक्ष गणेश बराईलीले जानकारी दिनुभयो । कार्यक्रम अनुसार आईतबा। विरोध प्रदर्शन गरेको कोषाध्यक्ष बराईलीले बताउनुभयो ।

यस्तै असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्ला÷नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् । यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।

Facebook Comments