२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामा २ हजारले बढ्यो

सुनको भाउ आज तोलामा २ हजारले बढ्यो

बिहीबारदेखि लगातार घटिरहेको सुनको भाउ आज बढेको छ ।

आज सुन तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । हिजो तोलाको चार हजार ९ सय ५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको चार हजार ९२५ रुपैयाँ कायम रहेको सङ्घले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।