२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विद्युत् महशुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

विद्युत् महशुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
उर्जामन्त्री श्रेष्ठ– निर्देशन काठमाडौँ, १३ चैतः नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ शुक्रबार मन्त्रालयमा पदवहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै । तस्बिरः अच्युत रेग्मी÷रासस

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौताको ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ ।

नियमित रूपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बाँकी बक्यौता तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उहाँले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अलमलिन नहुने बताउनुभयो ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा समेत ठूलो मात्रामा विद्युत् महसुल बक्यौता रहेको उल्लेख छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।