२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठन भएकाे समितिकाे प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले गुरुङबारे छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

गएको वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य हुनुहुन्थ्यो ।

समितिले प्रतिवेदनमार्फत गुरुङलाई ‘क्लिनचिट’ दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङलाई आजै गृहमन्त्रीमा शपथ गराउने तयारी छ ।

त्यस्तै सरकारले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । निजामती सेवा १६औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सरकारले तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, हुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।