साउन २५, धादिङ ।
धादिङको पृथ्वी राजमार्ग अन्र्तगत त्रिशुली नदि र त्यस आसपासको क्षेत्रका बालुवा, गिट्टि र ढुङगाखानीमा काम गर्ने मजदुरहरुले आज बिरोध ¥याली सहित जिल्ला प्रशासन कार्यलय धादिङलाइ ज्ञापन पत्र बुझाएको छ ।

१० देखि १२ वटा ट्रिपरमा आएका करिब २०० जना मजदुरले आफ्नो रोजि रोटि गुमेको भन्दै, गाँस बास र कपासको ग्यारेन्टी गरिदिन जिल्ला प्रशासन कार्यलय धादिङलाइ ध्यानाकर्षण समेत गराएको छ । जिल्ला प्रशासन कार्यलय धादिङले सम्भावित बाढि पहिरो तथा मानविय क्षति रोक्न र बढ्दो उत्खनन् र प्राकृतिक तथा वातावरणीय अनुकुलन कायम राख्न र त्रिशुली नदिको सुन्दरता कायम राख्ने भन्दै गत साउन १६ गतेदेखि त्रिशुलि नदिबाट ढुङ्गा, बालुवा, गिट्टि लगाएतका नदिजन्य वस्तुहरु उत्खनन् गर्न रोक लगाएको थियो ।

यसबाट प्रभावित मजदुरहरुले बर्षातको ३ / ४ महिना बालुव झिकेर बिक्रि गरेको पैसाबाट बर्षभरिको लागि आवश्यक सबै जोहो गर्नु पर्ने बाध्यता रहेको भन्दै बालुवा झिक्न दिनुपर्ने माग गरेका छन् । त्रिशुलि नदिबाट ढुङ्गा, बालुवा, गिट्टि लगाएतका नदिजन्य वस्तुहरु कानुन विपरित उत्खनन् गरि बिक्रि, वितरण गरिएको भन्दै धेरै जनगुनासो र विरोधहरु पनि आउने गरेको छ ।

जिल्लाको नियमक निकायहरुले पनि यस्ता कार्यहरुलाइ स्थायी रुपमा नियन्त्रण गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । यता कोरोना भाईरस समुदाय स्तरसम्म तिव्र गतिमा फैलिरहेको अवस्थामा ज्ञापन पत्र बुझाउन आएकाहरु सबै ट्रिपरमा कोचिएर आएको र कोरोना रोकथाम तथा नियन्त्रणको लागि अपनाउनुपर्ने सामान्य पूर्व सावधानि समेत नअपनाएको देखिएको छ । यि र यस्ता गतिविधिहरुले संक्रमण अझै व्यापक हुने सहझै अनुमान गर्न सकिन्छ ।

ज्ञापन  पत्र

Facebook Comments