
जनरल इन्सुरेन्सले ३० करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । हाल जनरल इन्सुरेन्सको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।
आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १ हात्तीसार, काठमाडौंंमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् बिमा सेवा प्रदान गर्दै आएको छ ।